Logo

पन्चक के हो ? पन्चकको असर के हुन्छ



हिन्दु पंचाग अनुसार प्रत्येक महिनामा पाँच यस्ता दिन आउँछन् जसको अलग महत्व हुन्छ, जसलाई पञ्चक भनिन्छ । प्रत्येक महिनामा पन्चक फरक फरक हुन्छ । कुनै महिनामा परेको पञ्चकमा शुभ कार्य गर्नुहुँदैन । यस महिनामा १२ गते सोमबार धनिष्ठा नक्षत्रका प्रारम्भ हुनेछ । यस पञ्चकको नाम राज पञ्चक हो ।

पञ्चक के हो र किन लाग्छ ?

ज्योतिष शास्त्र अनुसार चन्द्र ग्हको धनिष्ठा नक्षत्रको तृतीय चरण र शतभिषा, पुर्वाभाद्रपद, उत्तराभाद्रपद तथा रेवती नक्षत्रको चार चरणमा भ्रमण काललाई पञ्चक काल भनिन्छ । यस समयमा चन्द्र ग्रहका कुम्भ र मीन राशीमा भ्रमण पन्चकको जन्म दिन्छ । शतभिषा, पुर्वाभाद्रपद, उत्तरा भाद्रपद तथा रेवती नक्षत्र र धनिष्ठा यी नक्षत्रको मेलले बनेको विशेष योगलाई पञ्चक भनिन्छ ।

पन्चक नक्षत्रको प्रभाव

  • पन्चकमा पराल र काठबाट अग्निभय, चोरभय, रोगभय, राजभय, धनहानी हुन सक्छ ।
  • धनिष्ठा नक्षत्रमा अग्नि भय रहन्छ ।
  • शतभिषा नक्षत्रमा कलह हुने सम्भावना रहन्छ ।
  • पुर्वाभाद्र पद नक्षत्रमा रोग बढ्ने सम्भावना हुन्छ ।
  • उतरा भाद्रपदमा धनको रुपमा दण्ड हुने सम्भावना हुन्छ ।
  • रेवती नक्षत्रमा धन हानीको सम्भावना रहन्छ ।

यी काम पन्चक नक्षत्रमा गर्नुहुँदैन

  • मरेको शरीर जलाउन
  • काठ खरिन गर्न
  • घरमा छल राख्न
  • पलगं वा ओछ्यान बनाउन
  • दक्षिण दिशातिर यात्रा गर्न
  • कुनै शुभ र मांगलिक कार्य गर्न

पन्चकको समयमा कोही व्यक्ति मरेमा परिवारको ५ जना व्यक्तिको मृत्यु हुन्छ । पन्चकमा मरेका व्यक्तिको शान्तिको लागि गरुड पुराणमा पनि उपायहरु दिइएको छ । धार्मिक ग्रन्थको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्