Logo

कोरोना संक्रमण देखिएपछि कञ्चनरुप नगरपालिका कार्यालय बन्द



सप्तरी, ९ असोज: कञ्चनरुप नगरपालिकाका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय आजदेखि एक साताका लागि बन्द गरिएको छ । नगरपालिकाले आज सूचना जारी गरी आजदेखि यही असोज १५ गतेसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जारी गरेको सूचनाअनुसार नगरपालिकाबाट प्रवाह हुने शिक्षा स्वास्थ्य, कृषि, पशुलगायत नगरपालिका वडा नम्बर ८ बाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार कञ्चनरुप–८ बस्ने कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि भएका कार्यालय सहयोगीका दुई छोरी र सँगै कार्यरत अर्का कार्यालय सहयोगीको पिसिआर परीक्षणका लागि आज स्वाब संकलन गरिएको र अन्य कर्मचारीको आगामी मङ्गलबार स्वाब संकलन गरिने जानकारी खड्काले दिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्