Logo

बालिका बलात्कार गर्ने पक्राउ



उदयपुर , ९ असोज । जबरजस्ती करणी गरेको अभियोगमा टेक बहादुर बुढाथोकीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगाका बुढाथोकी पक्राउ परेका हुन् ।

बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्