Logo

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ



भक्तपुर, ९ असोज । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं बस्ने सिन्धुपाल्चोक घर भएका रेल बहादुर तामाङ लगायत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका निलबाराही मुलपानी पुलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.४० प ९६०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको बताएको छ । साथै घटनामा संलग्न रही फरार सोही मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्