Logo

बैंकिङ कसूर मुद्दाका फरार महिला पक्राउ



काभ्रेपलाञ्चोक , ९ असोज । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा श्रीखण्डपुर टोलकी जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमध्ये पहिलो मुद्दामा ९ करोड ४७ लाख ९२ हजार १ सय १६ रुपैयाँ ७८ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्