Logo

अध्ययन टोली नफर्किँदै सरकारले सिमा मिचिएको छैन भनेपछि टोलीको के अर्थ रहन्छ र ? : प्रवक्ता शर्मा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल–चीनसम्बन्धी सिमा विवाद देखिए त्यसलाई आपसमा बसेर कुटनीतिक सम्वादमार्फत हल गरिनुपर्नेमा जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘अब यहाँलाई जानकारी छँदैछ कि अहिले जे सिमासम्बन्धी विषय आएको छ चीनको नाम्खा गाउँसँग गाँसिएको बोर्डरमा । त्यहाँनिर जुन चर्चा आयो, ४ असोजको विहानै सम्बन्धित जिल्ला हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका मेजर, सशस्त्रका डिएसपी गरि करिबन ३०–३१ जनाको टोलीसहित उहाँहरु फिल्डमा हुनुहुन्थ्यो । उहाँहरु अध्ययनमा हुने र त्यो भएकै भेलामा नेपाल सरकार चाहीँ केन्द्रमा त्यो फिल्डमा गएको टोलीको अध्ययन प्रतिवेदन नआउँदै, उहाँहरु सदरमुकाम नफर्किँदै केन्द्रबाट सिमा मिचिएकै छैन भनेर यता वक्तव्य जारी गरिदिएपछि छ त अध्ययनमा गएको टोलीको त के अर्थ रहन्छ र ? सबैले त्यो अध्ययन प्रतिवेदनको प्रतिक्षा गर्नु त हाम्रो कर्तव्य हो नि त । त्यसकारण सरकारले टिप्पणी छिटो गर्यो । हतारोमा गर्यो । धैर्यतापूवृक गर्नुपर्छ । परिपक्वतापूर्वक गर्नुपर्छ भन्ने नेपाली कांग्रेस पार्टीको धारणा हो ।’ प्रस्तुत छ प्रवक्ता शर्मासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

सिमाबारे सरकारले हतारमा प्रतिक्रिया दियो भनेर कांग्रेसले किन टिप्पणी गर्यो ? भन्नुहोस त ?

अब यहाँलाई जानकारी छँदैछ कि अहिले जे सिमासम्बन्धी विषय आएको छ चीनको नाम्खा गाउँसँग गाँसिएको बोर्डरमा । त्यहाँनिर जुन चर्चा आयो, ४ असोजको विहानै सम्बन्धित जिल्ला हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका मेजर, सशस्त्रका डिएसपी गरि करिबन ३०–३१ जनाको टोलीसहित उहाँहरु फिल्डमा हुनुहुन्थ्यो । उहाँहरु अध्ययनमा हुने र त्यो भएकै भेलामा नेपाल सरकार चाहीँ केन्द्रमा त्यो फिल्डमा गएको टोलीको अध्ययन प्रतिवेदन नआउँदै, उहाँहरु सदरमुकाम नफर्किँदै केन्द्रबाट सिमा मिचिएकै छैन भनेर यता वक्तव्य जारी गरिदिएपछि छ त अध्ययनमा गएको टोलीको त के अर्थ रहन्छ र ? सबैले त्यो अध्ययन प्रतिवेदनको प्रतिक्षा गर्नु त हाम्रो कर्तव्य हो नि त । त्यसकारण सरकारले टिप्पणी छिटो गर्यो । हतारोमा गर्यो । धैर्यतापूवृक गर्नुपर्छ । परिपक्वतापूर्वक गर्नुपर्छ भन्ने नेपाली कांग्रेस पार्टीको धारणा हो ।

तपाईंलाई थाहा छ सरकारको प्रवक्तासमेत रहनुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त चीनसँगको नेपालको सिमा विवाद छैन्, चीनले नेपालको एक ईन्चपनि भूमि मिचेको छैन् भनेर भन्नुभएको छ नि ?

होईन, परराष्ट्रमन्त्रीजीले बोल्नुभयो होला । प्रधानमन्त्रीजीले बोल्नुभयो होला । सिमा नमिचिएकै अवस्था होला । सिमा मिचिनुपर्छ भन्ने हामी कसैको भावना र चाहना होईन । मित्रराष्ट्र चीनसँग होस, मित्रराष्ट्र भारतसँग होस । सबैसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध रहोस् । कहीँपनि हाम्रा सिमानाहरु नमिचिउन् । हामीले न उताको र न उताकाले हाम्रो अपेक्षा त्यो हो । तर, के भने नाम्खा गाउँपालिकामा चाहीँ जुन लिमी गाउँ हो । सिमा मिचिएको भन्ने गाउँमा । यता परराष्ट्रमन्त्रीजीले वक्तव्य दिँदैहुनुहुन्छ, उता चाहीँ सिडिओ, आर्मीको मेजरदेखि सशस्त्रको डिएसपीसँगै ३१ ज्नाको टोली त पिकनिक खान गएको त होईन नि । के हो ? सत्य, तथ्य भनेर अध्ययन गर्न गएका हुन् । अध्ययन गर्न गएको टोली हिजो असोज ८ गतेमात्रै हुम्लाको राजधानी सिमीकोट आईपुगेको छ । त्यसमा पनि नाम्खा गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ, विष्णुबहादुर तामाङ, उहाँ नेकपाबाटै निर्वाचित हुनुहुन्छ । उहाँले भनेको कुरा मिडियामा आएको छ । कि ११ वर्ष हामीले खनेको सडकभन्दा २ किलोमिटर वर आएर चीनले बाटो बनाएको छ भनेर भन्नुभएको छ। स्थानीय गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षले एउटा कुरा भनिरहनुभएको छ । अनि नेपाल सरकारकै प्रतिनिधि प्रमुख जिल्ला अधिकारीलगायतको टोली फिल्डमा गएको छ । यो बेलामा सत्तासिन दल र प्रमुख प्रतिपक्षी दल हामीले धैर्यतापूर्वक पर्खेर सिमा मिचिएको हो भने मिचिएको भनौं, होईन भने होईन भनौं । अनि मिचिएको हो भने चीनसँग दृढतापूर्वक सम्वाद गरौं । कुटनीतिक पहलमार्फत समाधान गरौं । यसरी सिमाको सम्बन्धमा परिपक्व ढंगले जानुपर्ने होईन र ? त्यो नभएपछि त प्रमुख प्रतिपक्षी दलले त सरकारको ध्यानाकार्षण गराउँछ नि–हतारोमा टिप्पणी नगर, प्रतिक्षा गर भनेर ।

तर, परराष्ट्रमन्त्री ज्ञवालीको त चीनले आफ्नै भूमिमा नौ वटा घर बनाएको छ भनेर प्रतिक्रिया दिनुभयो नि ?

उहाँको प्रतिक्रियाको बारेमा मैले प्रतिक्रिया जनाईसकें । त्यहाँ ग्याधमपुर्सा भन्ने सानो खोला छ । त्यो खोलाको पारिपटी चीन र वारिपटी नेपाल भनेर वर्षौवर्षदेखि भोगचलन रहिआएको छ । २०६६ सालतिर (आजभन्दा १०÷११ वर्ष अगाडि) नेपाल देशले ग्याजुमपुसादेखि यतापटि बाटो निर्माण गर्न सुरु गर्यो । ११ वर्ष अगाडि बाटो निर्माण गर्न सुरु गर्दै गर्दा त्यो भूभाग चीनको हो भने त चीनले त्यसबेलापनि अब्जेक्शन गर्दथ्यो होला। त्यसबेला चाहीँ अब्जेक्शन आएन । खोलाबाट एउटा घर चाहीँ चिनियाँ पक्षले बनाएको भनेर त्यहाँबाट स्थानीय साथीहरुले हामीलाई जानकारी दिनुभएको छ । अहिले लहरै अन्य घरहरु बनेका छन् । हुम्ला म एक दशक अगाडि पुगेको छु । जुन बेला २०६६ सालको बाटो बन्ने परियोजनामात्रै सुरु हुँदै थियो । सरकारले मिचिएको छैन भनेर भन्दै गर्दा हामी प्रतिपक्षीले त होईन मिचिएकै छ भन्नुपर्दथ्यो होला । तर, हामीले सिमाको विषयमा सरकार र प्रतिपक्ष भएर सोच्ने होईन । नेपाली भएर सोच्ने हो । त्यसकारण हामीले त के भन्यौं धैर्यतापूर्वक भने सरकारकै नेतृत्वको प्रतिनिधिमण्डल, त्यो टोलीले ल्याएको प्रतिवेदनको आधार र जगमा पो त सरकार या प्रतिपक्षले बोल्नुपर्छ । प्रतिपक्षले चाहीँ प्रतिनिधिमण्डलको प्रतिक्षा गर्ने अनि सरकारले चाहीँ हतारले टिप्पणी गरिदिने ? तथ्यको आधारमा हामीले बोल्ने हो । कुटनीतिक सम्वादमार्फत पहल गर्ने हो ।

हुम्लाका सहायक सिडिओ दत्तराज हमालले पहिलोपटक मसँग भन्नुभएको थियो कि चीनले सिमा मिचेको छ र नेपाली भूमिमा नौवटा घर बनाईएको छ भन्नुभएको थियो । तर, अहिले आएर उहाँले आफ्नो अभिव्यक्तिको आफैं खण्डन गर्नुभयो कि मैले गल्ती बोलें भने ?

उहाँले पहिले के बोल्नुभयो ? अहिले भन्नुभयो ? भन्नेमा मैले सरोकार राख्दिन् । मैले सरोकार राख्ने कुरा के हो भने त्यहाँ राज्य छ नि । स्थानीय सरकार पनि छ नि । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ र वडाअध्यक्ष पालजोर तामाङले आफ्नो विचार राख्नुभएको छ । नेपाली प्रतिनिधिमण्डल सम्भवतः आज साँझ आउनुहुन्छ होला । उहाँहरु सर्वपक्षीय बैठक बसेर उहाँहरुको अध्ययनको विवरणको समिक्षा होला । उहाँहरुले नक्शा राखेर हेर्नुहोला । त्यसपछि, परराष्ट्रमन्त्रीजी आफैं पुग्नुभएको छैन् । जो पुग्नुभएको कांग्रेस वा कम्युनिष्ट पार्टीका साथीहरु त्यहीँ हुनुहुन्छ । नेपाल देशका प्रतिनिधिहरु त्यहीँ हुनुहुन्छ । त्यसकारण यो विषय कसले पहिला के बोल्नुभयो ? कसले त्यसलाई खण्डन गर्नुभयो ? यी विषयभन्दा एकदम पर गएर हामी राजनीतिक दलहरुले आग्रहभन्दा माथि उठेर संवेदनशील विषयमा संवेदनशीलताका साथ कुरा गर्नुपर्छ । मिचिएको हो भने मिचिएको भन्नुपर्छ । file photo



प्रतिक्रिया दिनुहोस्