Logo

हत्या गरी फरार अभियुक्त ५ वर्षपछि पक्राउ



काठमाडौं, ९ असोज । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रवि कुमार यादव बिहीबार दिउँसो पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७२ बैशाख १५ गते बिहान ललितपुर गोदावरीको लेले फैडोल सामुदायिक वनमा सुनसरी ईटहरी घर भई ललितपुर चापागाउँ बस्ने आरती परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मैतिदेवीबाट पक्राउ गरेको जनाएको छ । अनुसन्धानको क्रममा घटनापश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएको समेत खुल्न आएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाएको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्