Logo

छुट्टाछुट्टै स्थानमा लागूऔषध सहित पक्राउ



काठमाडौं, ९ असोज । अवैध लागूऔषध सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उदयपुर, त्रियुगा लालपत्ताबाट नियन्त्रित लागूऔषध ६० एम्पुल फेनारगन, ६० एम्पुल डाईजोपाम र ६० एम्पुल लुपिजेसिक सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी कृष्णसबरनका प्रबेश मिया र उनकै श्रीमती २६ वर्षीया हजारुम खातुन रहेका छन् ।

लागूऔषध बिक्री गर्नको लागि भारतबाट उदयपुरतर्फ ल्याईरहेकोे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी उदयपुर, त्रियुगा नगरबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल फेनारगन, ३५ एम्पुल डाईजोपाम, ३५ एम्पुल लुपिजेसिक सहित त्रियुगाका रजामुदिन अन्सारी लगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध ल्याई किनबेच भईरहेको खबर प्रात हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी उदयपुर, चौदण्डीगढी नमुना चोकबाट नियन्त्रित लागूऔषध २१ ट्याब्लेट नाइट्राभेट सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चौदण्डीगढी लाफा चोकका जुजुहाङ राई, १५ वर्षीय किशोर र सोही नगरपालिका लामे चौरीका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नयाँ बसपार्कबाट ११ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड बिशाल राजबंशी र १५ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड स्थित भगवान चोकबाट करिब १० ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित सोही ठाउँका प्रदिप राजबंशीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्