Logo

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना संक्रमण



ललितपुर, ९ असोज । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी र पत्नी गंगामाया महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणपछि मेयर महर्जन र उनकी पत्नी गंगामाया दुवै घरमै आइशोलेशनमा बसेका छन् । नेपाली काँग्रेस गोदावरी तथा नगर कार्यसमितिका सभापति सुरज श्रेष्ठले सामाजिक सञ्जालमार्फत् मेयर महर्जन र उनकी पत्नीलाई संक्रमण भएको उल्लेख गरेका छन् ।-फाइल तस्वीर 



प्रतिक्रिया दिनुहोस्