Logo

१९ जुवाडे पक्राउ



कञ्चनपुर , ९ असोज । तास खेलिरहेको अवस्थामा एकिन्द्र सुनार लगायत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
शुक्लाफाँटा लोहारपुर बस्ने तेज बहादुर ऐरको खाजाघरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने एकिन्द्र सुनार लगायत १९ जना पक्राउ परेका हुन् ।

उक्त खाजाघरमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई
नगद २ लाख ४४ हजार १ सय ८० रुपैयाँ, १३ वटा तासको गड्डी सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्