Logo

एयरलाइन्सहरुको टुर प्याकेजमा तछाड मछाड



सोमबार समिट एयरलाइन्सले आकर्षक सहुलियत सहित देशभर टुर प्याकेजको घोषणा गर्यो।९ महिनापछि पर्यटन व्यवसायमा फर्किएको चहलपहलसँगै प्याकेज घोषणा गर्ने तेश्रो कम्पनी हो समिट एयर ।

यसअघि बुद्ध र यति एयरले घोषणा गरेको प्याकेज भन्दा सस्तोमा समिटको प्याकेज आएपछि पर्यटन क्षेत्रमा खैलाबैला मच्चिएको छ ।यसअघि बुद्ध र यति एयरले घोषणा गरेको प्याकेज भन्दा सस्तोमा समिटको प्याकेज आएपछि पर्यटन क्षेत्रमा खैलाबैला मच्चिएको छ ।सबैभन्दा पहिले प्याकेज घोषणा गर्ने बुद्ध एयरले भन्दा यति एयरले सस्तो प्याकेज ल्यायो । तर यी दुबैको प्याकेजलाई मात खुवाउने गरी समिटले प्याकेज घोषणा गरेपछि घुम्न चाहनेका लागि गन्तव्य विशेष अफरको बहार छाएको छ ।तर आफ्नो काम खोसेको भन्दै एयरलाइन्स कम्पनीहरुप्रति ट्रेकिङ र ट्राभल एजेन्सीहरु भने रुष्ट बनेका छन् ।

यस्तो छ यति एयरलाइन्सको प्याकेज

यति एअरलाइन्सले १८ पर्यटकीय स्थलसम्म पुर्याउनका लागि प्याकेज ल्याएको थियो । कम्पनीले ल्याएको प्याकेजमा पोखरा,घान्द्रुक, चितवन,एभरेष्ट ट्रेल, मुक्तिनाथ तथा रारासम्म पुग्ने प्याकेज बनाएको छ । यसैगरी दुईतर्फी टिकटका प्याकेजकालागि भैरहवा,भद्रपुर, जनकपुर, भरतपुर, नेपालगञ्ज तथा तुम्लिङटारमा एयरलाइन्स केन्द्रित भएको छ ।

यति एयरलाइन्सले सार्वजनिक गरेका प्याकेज यस्ता छन् :

पोखरा : ५९९९ – ७९९९ प्रतिव्यक्ति ( २ रात, तीन दिन )
अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक : ११९९९  ( ५ रात, ६ दिन)
अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल : १९९९९ ( ४ रात, ५ दिन )
चितवन : १२९९९ – १६९९९ ( २ रात, तीन दिन )
एभरेष्ट ट्रेल : १३,९९९  ( ४ रात, ५ दिन )
मुक्तिनाथ दर्शन : १२९९९  ( ३ रात, चार दिन )
मुक्तिनाथ दर्जन : १६९९९ ( ४ रात, ५ दिन )
रारा : २४९९९ ( २ रात, ३ दिन )

बुद्ध एयरको प्याकेज कस्तो ?

बुद्ध एयरकै भगिनी कम्पनी बुद्ध होलिडेजले पोखरा र चितवनकालागि साउन ११ गते टुर प्याकेज घोषणा गरेको थियो । कम्पनीले पोखराकालागि ५ हजार ९ सय ९९ रुपैयाँमा दुई दिन र तीन रातको प्याकेज र चितवनका लागि ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको थियो ।

यी प्योकजमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, एयरपोर्टको गाडी सुविधा समापेश गरिएको थियो ।

समिट एयरको प्याकेज यस्तो छ

समिट एयरलायन्सले सोमबार घोषणा गरेको प्याकेजमा मुक्तिनाथ र सगरमाथा क्षेत्रको प्याकेज रहेको छ । १४ हजारमा नै सागरमाथा अवलोकन गर्ने समिटको प्याकेजमा उल्लेख छ । यस्तै धार्मिक तिर्थ स्थल मुक्तिनाथ १५ हजारमा नै भ्रमण गराउने समिटको योजना छ । यसका अलावा अन्य पर्यटकिय गन्तव्यका प्याकेज पनि समिटले सार्वजनिक गरेको छ ।

आक्रोशित नाट्टा र टान

ठुला कम्पनी एयरलाइन्सको नाममा टुर प्याकेजहरु घोषणा भएपछि नाट्टा र टान भने ती कम्पनीमाथि जाइ लागेका छन् । ट्रेकिङ र टुर कम्पनीहरुको काम एयरलाइन्स कम्पनीले खोसेको भन्दै उनीहरुको आक्रोशित बनेका हुन् ।

बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै दुबै संस्थाहरुले आफ्नो काम नखोस्न विमान कम्पनीहरुलाई सुझाएका छन् । सबैले आ आफ्नो उद्धेश्य अनुरुप कार्य गर्ने र कसैले पनि कसैको व्यवसाय माथि हस्तक्षेप गरी काम नगर्न हामी जोडदार माग गर्दछौँ,विज्ञप्तीमा उल्लेख छ । हवाई व्यवसायी नितान्त आफ्नो पेशाप्रति जिम्मेवार भई नेपाल ट्रेकिङ्ग तथा ट्राभलहरु सम्बन्धी प्याकेजमा हस्तक्षेप नगरी स्वच्छ व्यवसाय गर्न नाट्टा तथा टानले संयुक्त रुपमा अनुरोध गरेको छ ।

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)ले आफ्नो संस्थाको जिम्मेवारी अनुसार काम गर्नुपर्ने र एक अर्काको कार्यमा हस्तेक्षेप गर्नु नहुने मेरोलगानीसँग बताएको छ । नाट्टाका वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले नेपाल सरकारले दिएको जिम्मेवारी अनुसार व्यवसाय गर्नुपर्ने र आन्तरिक देखि बाह्य पर्यटकलाई आकर्षित गर्ने,घुमाउन,प्याकेज तयार गर्ने ट्राभल एजेन्ट र कम्पनीहरुको काम भएको बताएका छन् । तर हवाई टिकट सहितको प्याकेज विमान कम्पनीले सार्वजनिक गर्दा ट्राभल तथा टुर कम्पनीहरुलाई मर्का पर्न सक्ने भएकाले असहमति जनाएको खुलाएका छन्।’विमान कम्पनीहरुले टुर प्याकेज सार्वजनिक गर्नुभएको छ । अब अन्य कम्पनीहरुले यस्तो अवस्थामा कुनै प्याकेज बिक्री गर्न सक्छ ?’ उनी प्रश्न गर्छन् । ‘यद्यपी सबैभन्दा महत्वपुर्ण कुरा विमान कम्पनीहरुले त्यसरी प्याकेज बेच्न नमिल्ने हो,’ उनी थप्छन् ।

‘नेपाली पर्यटनलाई विदेशमा प्रर्वद्धन गर्न भुमिका खेल्ने तथा जोडिएका ट्राभल एजेन्ट्सहरुका व्यवसायमा आएका बाधा अड्चन हटाई सुरक्षा प्रदान गर्नु नाट्टाको महत्वपुर्ण जिम्मेवारी भएकाले यस सम्बन्धि कार्य गर्न तत्पर रहेको छ ,’ वरिष्ठ उपाध्यक्ष बस्नेत सुनाउँछन् ।-मेरो लगानीका लागि ज्योती शाहको रिपोर्ट

 



प्रतिक्रिया दिनुहोस्