Logo

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण



ललितपुर, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टि महानगरपालिकाका प्रवक्ता राजु महर्जनले गरेका छन् ।

मेयर महर्जन हिजो स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका थिए । उनी संक्रमित भएको पुष्टि आज भएको थियो । महर्जन घरमै आइशोलेशनमा छन् ।

यसअघि ललितपुरकै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दुवैजना आइशोलेशनमा छन् ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्