Logo

घाटी दबाएर सुशान्तको हत्या भएको वकिलको दाबी



एजेन्सी, ९ असोज । सुशान्त सिंह राजपुतको निधन भएको तीन महिना भन्दा धेरै भएको छ । यस केसमा सीबीआईले अनुसन्धान गरिरहेको छ । सुशान्तको मृत्यु के कारणले भयो आज सम्म पत्ता लगाउन सकेको छैन ।  अनुसन्धानको क्रममा सुशान्तका पिताको वकिल विकास सिंहले सुशान्तको आत्महत्या नभएर गला दबाएर मारेको आरोप लगाएका छन् । विकास सिंह को नामको ट्विटर एकाउन्टबाट यस्तो पोस्ट गरिएको छ, जसमा  लेखिएको छ,सुशान्तको आत्महत्या नभएर हत्या हो ।

ट्विटरमा लेखिएको छ ‘सीबीआईले सुशान्तको केसलाई आत्महत्या गर्न उक्साउनेबाट हत्याको केस रुपान्तरण गर्न कोशिश गर्दैछ । चिकित्सक एम्सको टिमले मैले पठाएको फोटोबाट आत्महत्या नभई २००% हत्या भएको बताएका छन् । विकास सिंहको कुरा गर्दै उनका चीफ सुधिर गुप्ताले अनुसन्धान भइरहेको तर हामी घाँटीको छाप र अपराध दुृष्य हेरेर मात्र हत्या हो वा आत्महत्या हो भन्न नसकिने बताएका छन् । उनले भने ‘थप अनुसन्धान गर्न आवश्यक छ । अहिलेसम्म कुनै परिणाम आएको छैन् । ’

सुशान्तको केसलाई लिएर १४ जुन पछि धेरै प्रकारका अफवाह फैलियो । सीबीआईले अनुसन्धान गर्नुपर्ने माग वलिउडकमी र साथीहरुले नै गरे । हालसम्म भने एम्सको रिर्पोट र सीबीआईको अनुसन्धानबारे कुनै डिटेल आएको छैन् । सुशान्तको पिताले आफ्नो छोरी १० मिनेटको दुरीका भएको जानकारी दिदै सुशान्तको ढोका खोल्नु अगाडी उनीहरुले त्यहाँबाट लक ब्रेकर पनि पठाएको आरोप लगाएका छन् । उनले भने, ‘के यी सबै परिस्थितीले शंका उत्पन्न गर्दैनन् रु कसैले शरीर तल झरेको देखेनन् । ’

सुशान्तको मृत्युपछि परिवारले बिहारमा मुद्दा दायर गरेका थिए । सुरुवातमा उनीहरुले आत्महत्याको लागि उकासेको शंका गरेपनि पछिल्लो समयमा हत्या भएको बताइरहेका छन् । सुशान्तका साथीहरुले पनि आत्महत्या नभई हत्या भएको बताउदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्