Logo

यूरोपेली परिषद्का प्रमुख मिशेलद्वारा आतङ्कवादविरुद्ध ऐक्यवद्धता



९ असोज: पेरिसस्थित हास्यव्यंग्य साप्ताहिक चार्ली हेब्डोको पूर्व कार्यालय बाहिर शुक्रबार भएको आक्रमणप्रति चासो व्यक्त गर्दै यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिशेलले फ्रान्ससँग आतङ्कवादी गतिविधिविरुद्ध ऐक्यवद्धता जनाएका छन् ।

शुक्रबार एक व्यक्तिले चक्कू प्रहार गर्दा चार्र जना घाइते भएपछि मिशेलले फ्रान्सलाई सहयोगको सन्देश पठाएका हुन् ।

“फ्रान्समा एक समूहले लुकिछिपी आक्रमण गर्दा घाइते बनेका पीडित र उहाँहरूका आफन्तसँगै सम्पूर्ण फ्रान्सवासीप्रति यतिवेला म सहानुभूति व्यक्त गर्न चाहन्छु । युरोपको भूभागमा आतंकको कुनै ठाउँ हुनेछैन,” पूर्व बेल्जियमका प्रधानमन्त्रीले ट्वीटरमार्फत् लेखेका छन् । “यस घडीमा मेले फ्रान्सेली जनतासँग पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछु ।”

स्मरण रहोस्, सन् २०१५ जनवरीमा सोही स्थानमा एक आतङ्कवादी आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । शुक्रबार भएको आक्रमणलाई फ्रान्सले त्यही आक्रमणको झझल्को दिन गराइएको आतङ्कवादी प्रयास भनेको छ ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्