Logo

मालीका अन्तरिम राष्ट्रपतिद्वारा सपथ ग्रहण



९ असोज: मालीको अन्तरिम राष्ट्रपति बाह एनदावले राजधानी बामाकोमा शुक्रबार एक समारोहबीच शपथ ग्रहण गरेका छन् ।

मालीमा सैनिक विद्रोह गरी निवर्तमान् राष्ट्रपति इब्राहिम बाउबाकर केइटालाई पदच्युत गरी गत अगस्ट १८ मा सत्ताको कागडो सेनाले सम्हालेको थियो ।

पूर्व शासक केइटालाई हटाएपछि रिक्त रहँदै आएको पदमा एनदावलाई अन्तरिक राष्ट्रपतिका रूपमा नियुक्ति गरिएको र उनले शुक्रबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

एनदावा सेनामा लामो समय काम गरी अवकास प्राप्त एक जर्नेल छन् । उनलाई सङ्क्रमणकाल अवधिमा नेतृत्व गर्न सेनाले नै अघि सारेको हो र आगामी १८ महिनामा राष्ट्रिय निर्वाचन गरी निर्वाचनबाट छानिने नेतालाई सत्ता हस्तान्तरण गर्नेगरी अन्तरिम राष्ट्रपति बनाइएको हो ।

त्यसैगरी सैनिक समूहका प्रमुख नेता कर्नेल आसिमी गाइताले आजै अन्तरिम उपराष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्