Logo

बेलायतमा दैनिक रुपमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित



९ असोज: बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् ।अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेको जनाएका छन् ।

उनीहरुका अनुसार बिहीबार मात्र त्यस अघिको २४ घन्टामा ६ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।यो सङ्क्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ सङ्क्रमितको जम्मा संख्या पनि ४ लाखभन्दा बढी पुगेको छ ।

जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना सङ्क्रमित पुगेका बिहीबार जानकारी गराएको समाचारमा जनाइएको छ । बिहीबार ४० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो समेत गरी बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।

बुधबार पनि ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन ३७ जनाको ज्यान गएको थियो । बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्