Logo

महामारीलाई ख्यालख्याल नसोचौं, सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरौं : थापा



महानगरका वडा ७, ९ र ३० का हरेक घरमा गुृर्जो रोप्ने अभियान शुरु
काठमाडौं, १० असोज । कोभिड–१९ को संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अहिलेका हरेक व्यवहार पूर्ण सजगताका साथ सञ्चालन गर्नुपर्ने बताएका छन् । आज महानगरको वडा ७, ९ र ३० मा आयोजना गरिएको गुर्जो रोपण तथा वितरण कार्यक्रम शुभारम्भ गर्दै उनले भने-‘कोविड संक्रमणबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुपर्नेहरुका लागि अस्पतालहरुमा ठाउँ भेट्न कठिन भइसक्यो । सबै अस्पताल भरिएका छन् । अस्पतालमा भएको यो चाप घटाउन नागरिकले स्वास्थ्य सेवा मापदण्डको पालना गर्नुपर्छ ।’

‘गुर्जोमा रोगप्रतिरोधात्मक क्षमता छ । यसैकारण सरकारले यसलाई बिशेष महत्व दिएको हो । तर गुर्जोले काम गर्छ भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त बनाउने हो भने संक्रमण घट्नुको सट्टा बढ्छ । त्यसैले सबै काममा सन्तुलन कायम गरौं ।’ पूर्वमन्त्री थापाको भनाइ थियो ।

कार्यक्रममा थालनीमा स्थानीय ९७ वर्षीय आशाकाजी महर्जन लाई गुर्जोकोकेि विरुवा प्रदान गरिएको थियो । आजै रातोपुलदेखि कालोपुलसम्मको सडक खण्डमा गुर्जो रोपिएको छ । कार्यक्रम रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा महानगरका वडा ७, ९ र ३०, सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४, फोहोरमैला व्यवस्थापन संघ, फ्लोरिकल्चर एशोसिएसन र ह्याम्स स्कूलको सहकार्य थियो । गुर्जोका विरुवा कमलबहादुर राजलवटले उपलब्ध गराएका हुन ।

कार्यक्रममा महानगरको वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ र वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्ना वडाहरुमा स्थानीयबाट गुर्जोका विरुवाको धेरै माग रहेको बताए । रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीका अनुसार आज १ हजार विरुवा वितरण हुनेछन् । एकघर एक विरुवाका दरले सबै घरलाई विरुवा उपलब्ध गराइनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस्