Logo

अबको मन्त्रिमण्डल राम्रो बन्छ, हामीले लिएको लक्ष्य हाँसिल हुन्छ : सोमप्रसाद पाण्डे (भिडिओसहित)



काठमाडौं, १० असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले वर्तमान सरकारले सुखी नेपाली, समृद्ध नेपालको संकल्पका साथ काम गरेको र सरकारले यसमा आफ्नो सम्पूर्ण ध्यान लगाएको दाबी गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । उनले कार्यदलको सुझावअनुसार मन्त्रिमण्डल पूनर्गठन हुने जानकारी दिए । उनले अब हुने मन्त्रिमण्डल पूनर्गठनमा राम्रा मान्छेहरु मन्त्री बन्ने र सरकारले लिएको लक्ष्य पूरा हुने पनि विश्वास दिलाएका छन् । समाजवादको आधार बनाउनेगरि लिएको लक्ष्य पनि अब पूरा हुने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्