Logo

मोहन बस्नेतको टिप्पणी : ‘मन्त्रिमण्डल पूनर्गठनबारे हाम्रो चासो छैन्, सरकारले राम्रो काम गरेहुन्छ’



काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले वर्तमान सरकार सबै मोर्चामा असफल भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले नेकपाले गर्न लागेको मन्त्रिमण्डल पूनर्गठनबारे आफ्नो पार्टीले धेरै चासो लिएर बस्नुपर्ने कुनै कारण नै नरहेको जिकिर गरे ।

उनले भने,‘कांग्रेसलाई बरु के चासो छ भने सरकारले राम्रो गरिदिओस भन्ने छ । सरकारले गर्नुपर्ने दैनिक जीवनका काम राम्रो गरिदिओस भन्ने छ ।’ उनले वर्तमान सरकारले अहिलेसम्म के काम गरिरहेको छ भन्ने कुरा सदनदेखि सडकसम्म छर्लङ भैसकेको बताए । उनले भने,‘सत्तापक्षको काम काम गर्ने हो । विपक्षको काम सचेत गराउने हो । अथवा नराम्रो काम औंल्याउने हो । औल्याउने, सचेत गराउने काम नेपाली कांग्रेसले गरिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्