Logo

शनिबार १२ सय ७ कोरोना संक्रमित थपिए



काठमाडौं,  १० असोज । नेपालमा कोरोना भाइरसका आज १२ सय ७ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या ७१ हजार  ८ सय २१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ५३ हजार १३  जना संक्रमणमुक्त भएका छन् । आज ११४७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्