Logo

काठमाडौं उपत्यकामा एकैदिन ७२४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,  १० असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय ७  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ७ सय २४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १० हजार १९  जनाको पिसीआर परिक्षणमा  १२ सय  ७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ११४७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५३  हजार  १३  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ५८३ जना र ललितपुरका ७८ जना र भक्तपुरका  ६३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ७१ हजार  ८ सय २१  पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्