Logo

काठमाडौं उपत्यकामा कोरोनाबाट ४ जनाको मृत्यु (विवरणसहित)



काठमाडौं, १० असोज । उपत्यकामा आज कोरोना भाइरसको संक्रमणबाट चारजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा तीनजना वृद्ध र एक युवक छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमध्ये काठमाडौंका दुई, भक्तपुर र ललितपुरका एक एक जना छन् ।

बितेको २४ घन्टाभित्र देशभर ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा आधा उपत्यकाभित्रका हुन् । पछिल्लो समय उपत्यकाभित्र संक्रमित संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि निरन्तर थपिएको छ ।

मृतकको विवरण
१. काठमाडौंका २० वर्षीय पुरुष
२. काठमाडौंका ७४ वर्षीय पुरुष
३. भक्तपुरका ८८ वर्षीय पुरुष
४. ललितपुरका ७६ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्