Logo

यी हुन् कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका ८ जना (विवरणसहित)



काठमाडौं, १० असोज । आज कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाभित्र ४ र बाहिर ४ गरी कुल ८ जनाको मृत्यु पुष्टि भएको हो ।

आज थपिएकासँगै कुल मृतक संख्या ४ सय ६७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकमध्ये छ जना वृद्ध छन् । संक्रमित हुनेहरुमा मृत्यु हुनेहरुको प्रतिशतमा ०.६५ प्रतिशत छ ।

मृतकको विवरण
१. काठमाडौंका २० वर्षीय पुरुष
२. काठमाडौंका ७४ वर्षीय पुरुष
३. भक्तपुरका ८८ वर्षीय पुरुष
४. ललितपुरका ७६ वर्षीय पुरुष
५. सप्तरीका ६३ वर्षीय पुरुष
६. मकवानपुरका ७४ वर्षीय पुरुष
७. रुपन्देहीका ७२ वर्षीय पुरुष
८. कैलालीका ३० वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्