Logo

भाजपा अध्यक्ष नड्डाले बनाए नयाँ टिम



एजेन्सी, १० असोज । भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डाले नेतृत्व लिएको आठ महिनापछि नयाँ टिम बनाएका छन् । उनको नयाँ टिममा १२ उपाध्यक्ष, आठ महासचिव र तीन राष्ट्रिय उपमहासचिव र १३ सचिवहरु छन् ।

यसअघि अमित शाहको टिममा महासचिव भएका राम माधव, पी मुरधीधर राव, अनिल जैन र सरोज पाण्डे छुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई मन्त्रिमण्डलमा लगिने चर्चा छ ।

पूर्व मुख्यमन्त्रीहरु रमन सिंह र बसुन्धरा राजे सिन्धिया पुनः उपाध्यक्ष भएका छन् । कोषाध्यक्षमा राजेश अग्रवाल मनोनित गरिएका छन् । युवा मोर्चामा तेजश्वी सुर्य लगिएका छन् ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्