Logo

बलात्कार ! आखिर किन ?



असोज १०, काठमाण्डौ । देशको सुरक्षा व्यवस्था नभएर हो वा समाजमा विकृति बढेर हो, पछिल्लो समय बालिका अपहरणमा पर्नु, बलात्कार र हत्यापछि शव फेला पर्नु सामान्यजस्तै भएको छ । अपराधीलाई तत्काल पक्राउ गर्ने र कडाभन्दा कडा सजायँ दिने जिम्मेवारीमा सरकारी निकायको भूमिका पनि फितलो छ ।

बझाङकी १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको छ । मष्टा गाउँपालिकाकी बालिका बलात्कारपछि हत्या हो । बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको हो । २२ असारमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो ।

आश्विन ४ धादिङकी ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपा

यित त केही उदाहरण मात्रै हुन् । यस्ता सामाजिक अपराधका घटना नियन्त्रण नहुनुमा अधिकारवादीहरु पितृसत्तात्मक सोच मुख्य कारण मान्छन् । सरकारी निकायले पनि यस्ता अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको महिला अधिकारकर्मी तथा अधिवक्ता मिरा ढुंगाना बताउँछिन् ।

यता समाजशास्त्री रिद्धी आर्चाय निर्मला पन्तका हत्यारा पत्ता नलागेजस्तै पछिल्ला घटनाका दोषी पत्ता लगाउन प्रहरी प्रशासन असफल हुँदा अपराध बढेको तर्क गर्छिन् । बझाङकी १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएपछि न्यायका लागि आवाज उठाउन कमी भएको आचार्य बताउँछिन् । उनले बलात्कारीलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

मुलुकमा दिनहुँ आधा दर्जनभन्दा बढी महिला तथा बालिका बलात्कारको सिकार भइरहेका छन् । यसबाट अपराधिक गतिविधि बढेको अनुमान गर्न सकिन्छ । किन अपराधिक घटनाहरू बढिरहेका छन् ? किन यसको रोकथाम हुन सकेन ? अपराधीलाई केले उत्प्रेरित गरिरहेको छ ? यस्ता प्रश्नप्रति सरकार गम्भीर हुनु जरुरी छ ।

 



प्रतिक्रिया दिनुहोस्