Logo

मोदीले उठाए संयुक्तराष्ट्रसंघको सुरक्षापरिषद्को स्थायी सदस्यमा भारतको सहभागिताको विषय



एजेन्सी, १० असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् स्थायी सदस्यका रुपमा भारतको सहभागिताको विषय उठाएका छन् । आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै सुरक्षा परिषद्को पुर्नसंरचनामा जोड दिएका छन् ।

मोदीले भारतीय जनताले राष्ट्रसंघको पुर्नसंरचना प्रक्रियालाई कुरिरहेको समेत बताए । उनले भने, ‘आज भारतीय जनता पुर्नसंरचना प्रक्रिया तार्किक निष्कर्षमा पुग्ने समय कुरिरहेका छन् ।’ उनले भारत कहिलेसम्म निर्णय तहको संरचनाभन्दा बाहिर रहने हो ? भनी प्रश्न समेत गरे ।

संयुक्त राष्ट्रसंघको नेतृत्वले कोभिड १९ को महामारीका बखत खेलेको भुमिकाप्रति पनि मोदीले असन्तुष्टि व्यक्त गरे । मोदीले प्रश्न गरे, ‘महामारीवरुद्धको लडाईंमा संयुक्त राष्ट्रसंघ कहाँ छ ? यसको प्रभावशाली कदम कहाँ छ ?’



प्रतिक्रिया दिनुहोस्