Logo

इभरटन प्रिमियर लिगको पहिलो स्थानमा उक्लियो, युनाइटेडको कठिन जीत



एजेन्सी, १० असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा इभरटन कठिन जीत निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा क्यालभर्ट लिविन र रिचालिसनको गोलबाट इभरटनले क्रिस्टल प्यालेसमाथि २-१ को जीत निकालेको हो ।

यो सिजनमा इभरटनले लगातार तीन जीत निकालेको छ । शतप्रतिशत नतिजापछि इभरटन लिग जित्ने सम्भावना बोकेको टोलीका रुपमा लिन थालिएको छ ।

यसैगरी, खेलको अन्तिम समयमा पेनाल्टी पाएपछि म्यानचेस्टर युनाइटेडले ब्रिगटनमाथि ३-२ को कठिन जीत निकालेको छ । खेलमा ब्रिगटनले पेनाल्टीमार्फत् जीत निकालेपछि युनाइटेड खेलमा फर्किएको थियो ।

युनाइटेडका लागि डन्कले आफ्नै पोष्टमा बल छिराएका थिए । युनाइटेड त्यसपछि खेलमा लयमा फर्किएको थियो ।

बराबरीमा खेल टुंगिने अवस्था बनेपनि अन्तिम समयमा ब्रुनो फर्नानडेजले प्राप्त पेनाल्टीलाई खेर फालेनन् । युनाइटेडले सानदार जित निकाल्यो ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्