काठमाडौं, असोज ११ । निर्माणाधीन ठूला पूर्वाधार आयोजनाहरूका लागि आवश्यक पर्ने विदेशी प्राविधिक तथा अन्य कर्मचारी नेपाल आउन थालेका छन् ।
सरकारले असोज १ गतेदेखि निर्माणाधीन आयोजनाका लागि आवश्यक विदेशी जनशक्ति ल्याउन औपचारिक रूपमै खुला गरेसँगै कोरोनाका कारण विदेशमै रोकिएका उनीहरू काममा फर्किन थालेका हुन् ।
राष्ट्रिय गौरवका आयोजनाहरू काठमाडौं तराई द्रुतमार्ग, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि सुरुङमार्ग निर्माणका लागि विदेशी जनशक्ति नेपाल आउने क्रम शुरू भएको हो । अन्य आयोजनाका विदेशी कम्पनी तथा परामर्शदाताहरूले पनि आफ्ना कर्मचारीहरू ल्याउन थालेका आजको आर्थिक अभियान दैनिकमा खवर छ ।




प्रतिक्रिया