Logo

पर्यटन पुनरुत्थानमा लाग्न मन्त्री भट्टराईको अपिल



काठमाडौं, असोज ११ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पर्यटन पुनरुत्थानमा लाग्न अपिल गरेका छन् ।

 

४१ औं विश्व पर्यटन दिवसको अवसर पारेर चोभारस्थित मञ्जुश्री पार्कमा गरिएको बृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेका तत्कालीन एवं दीर्घकालीन असरलाई कम गर्न आन्तरिक तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भनेकै पर्यटन भएकाले संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल नेपाललाई अन्तराष्ट्रिय जगतमा प्रवद्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेकोसमेत उल्लेख गरे।

कार्यक्रममा पर्यटन सचिव केदारबहादुर अधिकारी लगयतको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्