Logo

ओली-प्रचण्ड भेट, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल



काठमाडौं, ११ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिमण्डल पुर्नगठन र संवैधानिक अङ्गको नियुक्तिबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक डाक्नु अघि ओली प्रचण्डबीच छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ । कुरा मिल्ने वित्तिकै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीमा ओली पुगेका छन् । उनले पार्टीमा पुर्नगठनको मापदण्ड समेत तयार गरेर पार्टीमा छलफलका लागि पेश गरेका छन् ।

ओली र प्रचण्डबीच कुरा मिले दशैं अगावै मन्त्रिपरिषद् पुर्नगठन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्