Logo

जसवन्त सिंहको नेपाल कनेक्शन



२४ डिसेम्बर सन् १९९९ मा काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण हुँदा तत्कालन विदेशमन्त्री जसवन्त सिंहको दुई पटक आँसु झरेका थिए । पहिलो दुःखको र दोस्रो खुशीको । विमान अपहरण हुँदा उनी पीडामा आँसु झार्न पुगेका थिए । सोही दिन उनकी नातिनी हर्षिनी कुमारी राठोरको जन्म भएको थियो । उनले हर्षको आँसु झारेका थिए ।

आफ्नै हजुबाबु विदेशमन्त्री हुँदा इन्डियन एयरलाइन्सको विमान अपहरण हुनु र सोही दिन जन्म हुनुले हर्षिकालाई धेरैले हाइज्याकबेबी समेत भनेका थिए । पीडाका बाबजुद उनी नातिनीलाई हेर्न अस्पताल पनि पुगेका थिए ।

विमान अपहरणको घटना हुँदा भारतका प्रधानमन्त्री अटल विहारी वाजपेयी थिए भने जसवन्त सिंह विदेशमन्त्री थिए । आइसी ८१४ विमान अपहरण प्रकरण वाजपेयी प्रधानमन्त्री हुँदाको सबैभन्दा कालो क्षण मानिन्छ । अपहरणमा आतंककारी समूह हर्कत उल मुजाहिद्दीनका पाँचजना संलग्न थिए । उनीहरुले आफूसँग बम रहेको र माग पूरा नगरे विमानलाई आकाशमै बिष्फोट गराइदिने धम्की दिए । जसका कारण भारत सरकार निकै विवादमा परेको थियो ।

अफगानिस्तानको कान्दाहार पुर्याइएको विमानमा अपहरितलाई छुटाउन भारत सरकारले अपहरणकारीसँग वाध्य भएर सम्झौता गरेको थियो । प्रायः विमान अपहरण हुँदा कमाण्डो लगाएर सैन्य हस्तक्षेपमार्फत् अपहरितलाई मुक्त गर्ने गरिएकोमा उक्त घटनामा सम्झौता गरी एक सय ६० जनासहित चालक दलका सदस्यको ज्यान जोगाइएको थियो ।

भारतको जेलमा रहेको आतंककारी अजर मसुदसहित तीनलाई लिएर तत्कालिन भारतका विदेशमन्त्री जसवन्त सिंह आफै काबुल पुगेका थिए । २४ डिसेम्बर सन् १९९९ मा अपहरितलाई मुक्त गर्न मसुदलाई हस्तान्तरण गरेका थिए । त्यतिबेला जसवन्त सिंहले अफगानिस्तानको तत्कालिन तालिवान सरकारको प्रशंशा गरेका थिए ।

विमान अपहरणमा परेपछि अपहरणकारीलाई सैन्य हस्तक्षेपको तयारी नभएको होइन । भारतले संयुक्त अरब इमिरेट्सबाट सहायता मागेको थियो । उड्दा उड्दै सैन्य हस्तक्षेप सम्मको प्रयास भयो तर युइए मानेन । भारतले अमेरिका, पाकिस्तान र युएई कुनै देशबाट पनि विमान अपहरणकारीमाथि हस्तक्षेपमा सहयोग पाएन ।

अफगानिस्तानमा तालिवान शासन भएकले अपहरणकारीले उल्टै सहयोग पाए । कान्दाहारमा विमान पुग्दा एकजना यात्रुको हत्या भइसकेको छ । अपहरणकारीले भारतको जेलमा रहेका मसुदसहित तीनजनाको मुक्ति र निश्चित रकममा सहमति जनाए । त्यतिबेला अपहरणकारीले २० करोड डलरको माग गरेका थिए ।

विमान अपहरण हुँदा जसवन्त सिंहको भूमिकाबारे क्रिया प्रतिक्रिया भएको थियो । अपहरणकारीसँग झुक्नु हुँदैन भन्ने तर्क वाजपेयीसहित उनका मन्त्रीमण्डलका कतिपय प्रभावशाली मन्त्रीहरुको पनि थियो । सरकारी अधिकारी पनि कमाण्डो हमलामा जानुपर्ने पक्षमा थिए । तर, त्यो सम्भव भएन । जसवन्तकै पहलमा सम्झौता गरी अपहरित विमान मुक्र गरिएको थियो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्