सांसद तथा उद्योगी श्रेष्ठलाई कोरोना संक्रमण


काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा उद्योगी उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठलाई आजमात्रै कोरोना संक्रमण पुष्टि भएको हो । उनले दिएको जानकारीअनुसार गत बिहीबार रुघाखोकी र ज्वरो आएको थियो । हिजोमात्रै उनले कोभिड परीक्षणको लागि स्वाब दिएका थिए । र, आज नतिजा पोजेटिभ आएको थियो । उनी अहिले होम आईसोलेशनमा छन् । स्वास्थ्यमा खासै समस्या छैन् । file photo/ReportersNepal