Logo

चलचित्र क्षेत्र कहिले खुल्छ ? अशोक शर्मा र दयाराम दाहालसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, ११ असोज । वरिष्ठ कलाकार अशोक शर्मा र दयाराम दाहालले कोभिड–१९ को कहरको कारण चलचित्र क्षेत्रमा पनि ठूलो असर परेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कलाकार शर्माले भने,‘चलचित्रको अहिलेको अवस्था भनेको सुस्तताको अवस्था हो । अहिले धेरै क्षेत्रहरु खुलिसकेको अवस्था भएकोले चलचित्र क्षेत्रपनि खुला गर्नुपर्ने भनेर आफूहरुले सरकारलाई घचघचाईरहेको पनि शर्माले स्पष्ट पारे ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अहिलेको अवस्था कसैले सिर्जना गरेको समस्या नभएर विश्वव्यापी रुपमा सिर्जना भएको समस्या भएकोले सबै क्षेत्र प्रभावित बनेको तर्क गरे । चैत्र ५ गते नै नेपालमा चलचित्रसम्बन्धी गतिविधि शून्यमा झरेको उल्लेख गर्दै चलचित्रकर्मीहरुको गतिविधिपनि जिरोमा झरेको दाहालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्