Logo

मन्त्रिपरिषद बैठक जारी



काठमाडौं, ११ असोज । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रिमण्डल पूनर्गठनको तयारी गरेको छ ।

दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रीमण्डल पुर्नगठनको तयारी

आजमात्रै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यही विषयमा केन्द्रित रहेर छलफल भएको थियो । मन्त्रिमण्डल पूनर्गठन गर्दा के–कस्तो मापदण्ड बनाउने ? भन्नेबारे सचिवालय बैठकमा समेत छलफल भएको थियो । तर, सचिवालय बैठकले यसबारेमा टुँगो लगाउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको छ । file photo

मन्त्रिमण्डल पूनर्गठनको तयारीमा नेकपा, क–कसको नाम चर्चामा ?



प्रतिक्रिया दिनुहोस्