Logo

प्रधानसेनापतिको निवासका भान्छेलाई कोरोना संक्रमण



काठमाडौं, ११ असोज । प्रधानसेनापति सरकारी निवासका भान्छेलाई कोरोना भाइरसको पुष्टि भएको छ । ललितपुरको झम्सीखेलस्थित शशिभवनका भान्छेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सैनिक मुख्यालयका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका छन् । सैनिक मुखयालयले उनी होम क्वारेन्टाइनमा बसेको पुष्टि गरेको हो ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्