Logo

विमान अपहरणकै दिन तत्कालिन भारतीय विदेशमन्त्री जसवन्त सिंहकी नातिनी जन्मिएपछि…



एजेन्सी, ११ असोज । बीस वर्ष अगाडि इन्डियन एयरलाईन्सको फ्लाईट नम्बर आईसी ८१४ मा हाईज्याक भएको थियो । काठमाडौं देखि नयाँ दिल्ली तर्फ प्रस्थान गरेको विमान केही बेरमै उल मुजाहिदिन नामक आतंकवादी संगठनले हाईज्याक गरी अफगानिस्तानको कान्घार लग्न सफल भएका थिए । उक्त घटनाले भारतलाई त्यसबेला हल्लाएको थियो ।

तत्कालिन विदेशमन्त्री जसवन्त सिंहले विमानमा अपहरणमा परेका नागरिक चिच्याएको पीडाबोध गरिरहँदा आफ्नी नातिनी जन्मिएको खबर एकै पटक सुनेका थिए । विदेशमन्त्री सिंहको नातिनी जन्मिएसंगै उनलाई इन्डियन एयरलाइन्सको विमान अपहरण भएको खबर प्राप्त भयो । उनलाई त्यसबेला आफ्नो खुशीलाई त्यागी नागरिकको हकहितका लागी परिवार छोडेर जानू पर्ने बाध्यकारी बनेको थियो ।

राजस्थानी परम्परा अनुसार जन्मिएको बच्चालाई परिवारको ठूलो सदस्यले मह र जागेरी खुवाउने चलन रहेको छ । अपहरणको घटनाले जसबन्त सिंहलाई शुभकार्य गर्न ढिलाई भयो । तर, अन्ततः उनी जन्मिएको नातीनीलाई मह खुवाउन उनी अस्पताल पुगे र कार्यक्रम समापन गरी उनी छिट्टै आफ्नो काम तर्फ लागे जसले भारतलाई नै हल्लाएको थियो ।

जन्मिएको नातीनीलाई परिवार जन र इस्टमित्रले विभिन्न नामले सम्बोधन गर्न थाले । जस्तै हाईज्याक बेबी, कान्धारी कुमारी । उनको प्रत्येक जन्मदिनको अवसरमा हाईज्याक भएको विमानको बारेमा कुरा हुने गर्दछ । उनको भाईले भारतको लागी खराब भाग्य लिएर आएको भन्दै मजाक गर्ने गर्थे ।

तीन तालीवानीलाई भारतले रिहा गर्नु पर्ने कारणले उक्त विमानलाई अपहरण गरिएको थियो । त्यो सम्झौतालाई तुरुन्तै कार्यवान्यन गरी तीन तालीवानीलाई रिहाई गरेर अपहरित विमानलाई सकुसल भारत ल्याइएको थियो । त्यस समयमा गरिएको निर्णय अटल बिहारी बाजपेयीको सरकारले गरेको थियो । जसलाई तात्कालिन विदेशमन्त्री जसबन्त सिंहले तालीवानीलाई रिहाई गर्न मानेका थिए । निर्णयले विदशमन्त्री सिंहको निकै आलोचना भएको थियो ।Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot