Logo

पर्यटनमन्त्रीको राजीनामा माग्दै ‘नेपाल पर्यटन बोर्ड’ अघि मजदुरहरूको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ११ असोज । आज विश्व पर्यटन दिवस हो । पर्यटन मजदूरहरुले आज नेपाल पर्यटन बोर्ड (एनटिबी) घेराउ गरेका छन् । कोरोना महामारीलाई मध्येनजर गरेर सरकारले लामो समय लकडाउन लगाउँदा पर्यटन मजदुरहरु बेरोजगार भएका छन् । पर्यटन मजदुर संघर्ष समिति, काठमाडौंको अगुवाईमा आज प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराई र पर्यटन बोर्डका सिईओ डा. धनञ्जय रेग्मीको राजीनामा मागेका थिए ।

उनीहरुले बोकेका ब्यानरमा ‘निड मनी फर माई फ्याम्ली’, प्रोटेक्ट टुरिजम वर्कर्स, जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’ जस्ता नारा लेखिएका थिए ।तस्विर ः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्