Logo

श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ



रुकुम(पश्चिम), ११ असोज । श्रीमानलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा अमृता दाहाललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । श्रीमानलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा बाफिकोट गाउँपालिका तासिबाङकी ३४ वर्षीया दाहाल पक्राउ परेकी हुन् ।

घरायसी बिवादको कारण अमृताले धारिलो हतियार खुकुरी प्रहार गर्दा घाइते भएको खबर आएपश्चात अस्थाई प्रहरी पोष्ट छिनखेतबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा मेडिकल कलेज कोहलपुर रिफर भएका प्रहरीले बताएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्