Logo

सुनका गहना सहित पक्राउ



कञ्चनपुर, ११ असोज । बिभिन्न सुनका गहना सहित २ जना पक्राउ परेका छन् । पुनर्बास नगरपालिका डोकेबजारबाट करिब ४ सय ४० ग्राम ६ सय ३० मिलीग्राम सुनका विभिन्न गहना सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा डोटी केआई सिह गाउँपालिका मोहन कामी र सोही ठाउँका सुनिल भुजेल रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र ईलाका प्रहरी कार्यालय त्रिभुबन बस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त सुनका गहना सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्