Logo

अजय देवगनले छोरीलाई लेखे सबैभन्दा ठुलो कमजोरी



एजेन्सी, ११ असोज । विश्वमा २७ सेप्टेम्बरलाई डटर्स डे (छोरी दिवस) को रुपमा हेर्ने गर्छन् । आज डटर्स डे को अवसरमा बलिउड अधिनेता अजय देवगनले पनि छोरी न्यासाको लागि एक दिल छुने पोस्ट गरेका छन्, जुन हाल भाइरल भएको छ ।

अजयले छोरी न्यासाको तस्वीर राख्दै लेखेका छन्, ‘मेरो छोरी आफैमा धेरै हो । मेरो सबैभन्दा धेरै आलोचना गर्ने, मेरो सबैभन्दा ठुलो कमजोरी र शक्ति हो । अब उनी ठुली भैसकेकी छिन् तर म र काजोलको लागि सधै बच्चा रहन्छिन् ।’

अजयले पोस्ट गरेको तस्वीरमा धेरैले प्रतिक्रिया दिएका छन् । तस्वीरमा न्यासा बगैचामा बसेर लेहंगा लगाएर पोज दिएकी छिन् । अजय देवगनको छोरी न्यासा सामाजिक सञ्जालमा समय–समयमा सिकार हुने गर्छिन् । अजयले आफ्नो सन्तानको बारेमा अन्र्तर्वातामा प्राइवेसीको कुरा पनि गरेका थिए ।

अजय देवगन पछिल्लो फिल्म ‘तान्हाजीः द अनसंग वारियर’मा देखिएका थिए । जुन फिल्म बक्स अफिसमा अत्यधिक कमाई गर्न सफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्