Logo

यसकारण दिपिकासँग हात जोडेर उभिएका थिए एनसीबीका अफिसर



एजेन्सी, ११ असोज । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा लहरो तान्दा पहरो गर्जिएको छ । यस घटना आत्महत्या हुँदै लागुऔषध मुद्दाले बलिउडमा सनसनी मच्चाएको छ ।

धेरै कलाकर्मीहरु यसमा मुछिएका छन् । एक अर्कोमा आरोप प्रत्यारोप गर्नमा व्यस्त छन् । लागूऔषधमा मुछिएपछि एनसीबीले रिया चक्रवर्तीलाई गिरफ्तार गरीसकेको छ । यससँगै एनसीबीको अभिनेत्रीहरु दिपिका पादुकोण, सारा अलि खान, श्रद्धा कपुर र रकुल प्रीत सिंह निशानामा परेका छन् । शनिबार दिपिका पादुकोणसँग एसआईटी टीमले करीब सांढे पाँच घन्टा लामो सोधपुछ गरेको छ ।

सोधपुछको क्रममा दिपिका, सारा र रकुलको एनसीबीले मोवाइल जफत गरेको थियो । तर दिपिका पादुकोणलाई एनसीबीको अफिसरले हात जोडेको खबर बाहिरीएको छ । भारतीय समाचार अनुसार सोधपुछको क्रममा दिपिका ३ पटक रोएकी थिइन् । अभिनेत्रीको आँखाबाट आँसु आएको थियो ।

समाचार अनुसार एनसीबीले दिपिकालाई साधेपछि उत्तर दिने क्रममा उनको बोली अबरुद्ध भएको थियो । उनी रोएको देखेर एनसीबीको अफिसरले इमोशनल कार्ड नफाल्न समेत भनेका थिए । अफिसरले यति भन्दा पनि दिपिका रुन नछाडेपछि रुनु भन्दा साचो बताउन हात जोडेका थिए ।

दिपिकाले बताए अनुसार यदि सबैकुरा सत्य बताएमा उनी आफैलाई धेरै राम्रो हुनेछ । किनकी एनसीबीले उनको मोवाइल जफत गरीसकेको छ, अब उनको अनुसन्धान पनि उहि दिशामा हुनेछ । उनको मोवाइलबाट कोही लागुऔषध व्यवसायी सम्र्पक छ वा छैन भन्ने पत्ता लाग्नेछ ।

पाँच घन्टा लामो सोधपुछमा दिपिकालाई सुशान्त र रियासँग जोडिएका कुनै सवाल भने एनसीबीले गरेन् । एनसीबीको सम्पुर्ण ध्यान दिपिकाको करिश्मासँग भएको च्याटमा थियो । दिपिकाले च्याटको सम्बन्धमा स्विकार गरेकी थिइन् । दिपिका र करिश्माको च्याटमा लागुपदार्थको बारेमा कुरा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्