Logo

१५ वर्षदेखि बिना छुट्टी लगातार काम गर्ने यी व्यक्ति



यस संसारमा अवसरवादी मात्र होइनन् कर्मठ मानिसको पनि कमि छैन । यसै क्रममा आज हामी एक यस्ता व्यक्तिको बारेमा जानकारी दिन खोजिरहेका छौ, जसले आफ्नो कामलाई यो दुनियाँ ठाने । वास्तवमा हिमाचल प्रदेश रोडवेजका यी व्यक्तिले गरेको कामको देशभर मात्र नभएर संसारभर चर्चा भएको छ । हिमाचल पथ परिवहन निगममा कन्डक्टरको रुपमा काम गर्ने यी व्यक्तिको नाम जोगिन्दर सिंह हो । जसले आफ्नो १३ वर्षको कार्यकालमा एक दिन पनि छुट्टि लिएनन् ।

सिरमौर कला संगम नामको एक सस्थाले जोगिको काम प्रति लगन देखेर सम्मानित गर्न लागेको छ । उनी पुरस्कार लिन आफु नजाने भएका छन् । उनले पुरस्कार लिन गएमा कार्यालयमा छुट्टी लिनुपर्छ भन्दै आफु नजाने भनिरहेका छन् । जोगिन्दरले छुट्टी लिन बिल्कुल मुड नभएको पनि बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार जोगिन्दरले २००५ मा हिमाचल रोडवेजमा काम सुरु गरेका थिए । त्यसपछि आजसम्म एक दिन पनि छुट्टी लिएका छैनन् । जोगिन्दरले मानिस हुनुको साथै आफ्नो कामप्रति इमान्दार र जुझारु पनि हुनुपर्ने बताउँछन् । उनले चाँडबाँडमा पनि बिदामा बस्दैनन् ।

उनले कार्यालयमा ३०३ आइतबारका बिदा छन्,जसलाई रोडवेजलाई दानको रुपमा दिएका छन् । वर्तमान समयमा ५५० दिन बिदा छन् । जोगिलाई काम प्रति उत्साहित गर्न रोडवेजले २०११ मा पनि सम्मानित गरेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot