Logo

जमिनमा गाडेको नवजात बच्चा ७ घन्टापछि जीउँदै निकालेपछि….



छोरीको जन्म हुनु बोझ मान्ने कतिपय समाज आज पर्यन्त छ । छोरीप्रति हेर्ने दुष्टिकोण हालसम्म पनि परिर्वतन भएको छैन् । आज हामी छोरीलाई जीउँदै गाडेको सत्य घटनाको बारेमा बताउँछौ ।

ब्राजिलको कैनारानामा एक नवजात बच्चीलाई पुरै परिवारले मार्ने योजना बनाए, हत्या गर्ने योजनाको नजिक पुगे तर उनीहरुको योजना पुरा हुन सकेन । कैनाराना प्रहरीलाई अज्ञात सुत्रले सुचना दियो र प्रहरी समयमा नै पुगेकोले हत्या गर्ने योजना असफल बनाइदियो ।

प्रहरीले बच्चाको घरमा गएर बच्चाको बारेमा सोध्यो । परिवारका सदस्यले मरेर खाल्डोमा खनेर गाडेको बताए । भर्खर जन्मेको नवजात बच्चीलाई जीउँदै खाल्डोमा खनेर गाडेको सुचना पाए लगत्तै प्रहरीले खाल्डोमा पुनः खन्न थाल्यो र ७ घन्टापछि बच्ची जीउँदै बाहिर निकाल्यो । परिवारका सदस्यले छोरी भएकै कारण मार्नको लागि खाल्डोमा गाडेका थिए ।

प्रहरीका अनुसार बच्चाको शरीरबाट अम्बिलिकल कार्ड पनि हटाएका थिएनन् । खाल्डोबाट उद्धार गरेपछि सास लिनमा गाह्रो भएको कारण बच्चीलाई तत्काल अस्पताल भर्ना गरे । हाल बच्चाको हेरविचार स्थानिय राज्यले गरिरहेको छ । बच्चीको ज्यान मार्ने कोशिशको आरोपमा परिवारलाई गिरफ्तार गरेपनि हाल भने छाडी दिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्