Logo

मन्त्रिपरिषद बैठक सम्पन्न, नार्कको कार्यकारी निर्देशकमा डा. भण्डारी नियुक्त



काठमाडौं, ११ असोज । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

त्यस्तै, बैठकले इजरायलसँग कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिने पनि निर्णय गरेको छ । यसको लागि सरकारले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । File Photo



प्रतिक्रिया दिनुहोस्