Logo

सामान्य अंक बढ्यो नेप्से, ३ अर्बभन्दा बढीको शेयर कारोबार



काठमाडौँ, ११ असोज: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४.२९ अंक बढेर १५६५.५५ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ।

आइतबार १९१ कम्पनीको ४२ हजार १०८ पटकको कारोबारमा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.२९ प्रतिशत, फ्लोट इण्डेक्स ०.४५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ प्रतिशत बढेको छ।
आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन होटल उपसमूहको परिसूचक सर्वाधिक २.९८ प्रतिशत बढेको छ। त्यसैगरी, हाइड्रोपावरको १.५४ प्रतिशत, बैंकिङ्गको १.१ प्रतिशत, विकास बैंकको ०.७१ प्रतिशत र म्युचुअल फण्डको ०.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटलको सर्वाधिक ४८ करोड ५६ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमाल दोलखा हाइड्रोपावर, कुमारी बैंक र सिभिल बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको बेष्ट फाइनान्स, माउन्टेन हाइड्रो, नेपाल फाइनान्स, रैराङ्ग हाइड्रोपावर, घलेम्दी, बरुण हाइड्रो र आँखुखोला जलविद्युत कम्पन्ीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य दुई कम्पनीको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिकित्ता १०० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको युनिलिभर नेपालको शेयर यस दिन ७.११ प्रतिशत घटेको छ।मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्