Logo

काठमाडौंमा एकैदिन थपिए ८०९ जना कोरोना संक्रमित



काठमाडौं,११ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ८  सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५  सय ७३  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ८ सय ९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १०  हजार  १ सय  २३  जनाको पिसीआर परिक्षणमा  १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ८८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५३  हजार ८  सय   ९८ रहेको छ । काठमाडौं उपत्यकामा ८०९ थपिएका मध्ये काठमाडौंका  ६३३ जना र ललितपुरका १०४ जना र भक्तपुरका  ७२ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७३ हजार  ३ सय ९४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्