Logo

चीनद्वारा सीमा अतिक्रमणविरुद्ध वीरगञ्जमा प्रदर्शन



वीरगंज, ११ असोज । चीनले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन भएको छ । आइतवार नव जनकल्याण युवा सञ्जाल पर्साले घण्टाघरमा चीनबाट भएको सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गरेका हुन् ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ६ लिमीको भूमि अतिक्रमण गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेको सञ्जालका अध्यक्ष सगीर अलिले बताए ।

प्रदर्शनकारीहरुले चीनविरुद्ध नाराबाजी गर्दै प्लेकार्डसहित प्रदर्शन गर्दै चीनले अतिक्रमित नेपाली भूमि खाली नगरे प्रदर्शन जारी राख्ने चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्