Logo

राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु



काठमाडौं, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिबालय कार्यव्यवस्था समिति बैठक सम्पन्न भएको छ । आजको बैठकले जिल्ला तहको समायोजन र भातृ संगठनहरुको केन्द्रीय तहहरुको समायोजन आगामी असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार केन्द्रीय सचिबालय कार्यव्यवस्था समितिको अर्को बैठक यही असोज १५ गते बस्ने निधो भएको छ ।

उक्त बैठकमा अध्यक्ष द्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र बरिष्ठ नेतागणको उपस्थिति रहेको थियो । पार्टीको जिल्ला तहको समायोजन र भातृ संगठनहरुको केन्द्रीय तहहरुको समायोजन आगामी २०७७ असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्