Logo

कोरोना संक्रमितलाई नै रिपोर्ट दिन निर्देशन



काठमाडौं, ११ असोज । कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट संक्रमित स्वयंलाई दिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भने, ‘सबै प्रयोगशालालाई पिसीआरको रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित बिरामीलाई र पोजेटिभ आएको खण्डमा इपिडियोमियोलोजी तथा सरुवा रोग महाशाखामा पठाउने गरेकोमा अबदेखि रिपोर्ट पोजेटिभ वा नेगेटिभ जुन आएपनि सम्बन्धित बिरामीलाई दिन आग्रह गर्छौ । ’

हालसम्म कोरोना पोजेटिभ आएको जानकारी इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा वा स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागबाट दिने गरिन्थ्यो । आइतबार प्रवक्ता डा. गौतमले अब देखि स्वाबको रिपोर्ट पोजेटिभ आएमा स्वाब लिएको अस्पताल वा प्रयोगशालाले संक्रमित आफैलाई जानकारी दिन भनेका हुन् ।

हालसम्म रिपोर्टआउन ढिलो भएको कारण घर परिवार र समाजलाई पनि संक्रमण बढ्ने जोखिम बढेको थियो ।



प्रतिक्रिया दिनुहोस्