Logo

दाजुभाईको दिदीबहिनीसँग विवाह हुने यी जनजाति



भाई र दिदीको नाता पवित्र मानिन्छ । तर आज हामी तपाईहरुलाई यस्तो रीतिरिवाजको बारेमा जानकारी दिन चाहान्छौ, जुन कुरा सुनेर आश्चर्य मान्नु हुन्छ । भारतमा एक यस्तो परम्परा छ जहाँ भाई र बहिनी एक आपसमा विवाह गर्छन् ।

छत्तीसगढको धुरुवा जनजातिमा रगतको नाता भित्रै विवाह गर्छन् । धुरुवा जनजातिमा मानिसहरु दिदी बहिनीको छोरीसँग आफ्नो छोराको विवाह गर्छन् । त्यहाँ भाई–बहिनीको आपसमा विवाह गर्नको लागि घरपरिवारले अनुमति दिन्छ ।

आफ्नै नातामा सम्बन्धमा विवाह गर्न कुनै आपत्ति हुँदैन । अन्य स्थानमा भने गल्तीले पनि यस्तो नातामा विवाह गरेमा भारी मुल्य चुकाउनु पर्छ । त्यहाँ भाई र बहिनीको नातालाई पति पत्नीमा बदल्नु धेरै ठुलो कुरा हो ।

धुरुवा जनजातिमा भने अर्को एक गजबको रीति पनि छ । यो रीति पनि विवाहसँग सम्बन्धित छ । यस परम्परामा दुलाहा दुलहीले आगो होइन पानीलाई साक्षी राखेर फेरो लिन्छन् । यस जनजातिमा रुख र पानीको पूजाको धेरै महत्व हुन्छ ।

छत्तिसगढका धुरुवा जनजातिका मानिसहरु धेरै लामो वर्षदेखि यस परम्पराको पालन गर्दै आएका छन् । आज पनि त्यहाँका फरक–फरक स्थानमा बसेर यस परम्पराको पालन राम्रोसँग गर्दै आएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्